केही खास कुराहरू

सेवाहरू

कथक · प्रथमदेखि छैटौँ वर्ष

कथक नृत्यको प्रथम वर्षदेखि छैटौँ वर्षसम्म प्रयाग संगीत समिति, इलाहाबादबाट हरेक वर्ष सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षा दिलाइन्छ।

वादन (बाजा) कक्षा

स्टुडियोमा तबला, हार्मोनियम, मादल लगायतका बाजाको तालिम।

चन्द्रागिरि महोत्सव मञ्चमा सांस्कृतिक नृत्य (भिडियो हेर्नुहोस्)Facebook मा हेर्नुहोस्

सतुंगल–११ · चन्द्रागिरि, काठमाडौं

चन्द्रागिरि–११, सतुंगलस्थित हाम्रो नृत्य तथा सङ्गीत पाठशालामा स्वागत छ — पश्चिम काठमाडौंमा नृत्य, गायन र वादन सिक्ने आफ्नै स्टुडियो।

पश्चिम काठमाडौंको हाम्रो पाठशालामा स्वागत छ

वि.सं. २०७४ देखि। नवरस संगीत पाठशालामा लोक, आधुनिक र शास्त्रीय अन्तर्गत सम्पूर्ण नृत्यहरू सिकाइन्छ।

हाम्रा नृत्य र सङ्गीत कक्षाहरू हेर्नुहोस्, सांस्कृतिक पोसाक भाडाबारे बुझ्नुहोस्, मञ्चका भिडियो र तस्बिर हेर्नुहोस् वा आउनुअघि फोन गर्नुहोस्।

जुम्बा, एरोबिक्स, नेपालमा प्रचलित नृत्य, साथै स्कुल, कलेज, फिल्म क्षेत्र र रंगमञ्चका लागि प्रशिक्षण पनि दिइन्छ।

गायन र वादन

नृत्यसँगै हाम्रो पाठशालामा लोक, आधुनिक र शास्त्रीय गीतको गायन तथा तबला, हार्मोनियम, मादल लगायतका बाजाको तालिम दिइन्छ।

धेरै सोधिने प्रश्नहरू

नवरस संगीत पाठशाला कहाँ छ?

हाम्रो स्टुडियो हिरालक्ष्मी डि.एस. मार्केट, सतुंगल–११, चन्द्रागिरि, काठमाडौं मा छ। नक्सामा पिन अझै छैन — फोन गर्नुहोस्, हामी बाटो बताउँछौँ।

यहाँ के के नृत्य सिक्न पाइन्छ?

लोक, आधुनिक र शास्त्रीय अन्तर्गत सम्पूर्ण नृत्यहरू सिकाइन्छ। कथक नृत्यको प्रथम वर्षदेखि छैटौँ वर्षसम्म प्रयाग संगीत समिति, इलाहाबादबाट हरेक वर्ष सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षा दिलाइन्छ।

कुन उमेरका सिकारुका लागि कक्षा छ र एउटै समूहमा कति विद्यार्थी हुन्छन्?

५ देखि ५० वर्ष र त्यसभन्दा माथिका उमेरका लागि कक्षा छ, र एउटै समूहमा १५–२० जना विद्यार्थी हुन्छन्। हरेक कक्षा १ घण्टाको हुन्छ। साना बच्चाहरूको कक्षा बेलुका ५ बजेदेखि हुन्छ। नृत्यमा रहर भएका तर स्कुलले गर्दा नभ्याउनेहरूका लागि हरेक शनिबार र आइतबार बिहान ८:०० देखि १०:०० सम्म स्पेशल प्याकेज कक्षा चल्छन्।

विद्यालयको कार्यक्रम वा चाडपर्वका लागि सांस्कृतिक पोसाक भाडामा पाइन्छ?

सबै जातजातिको सांस्कृतिक भेषभूषा सुपथ मूल्यमा भाडामा दिन्छौँ। पोसाक भाडामा लिन धरौटी वा सक्कल परिचयपत्र (स्कुल परिचयपत्र, नागरिकता वा लाइसेन्स) चाहिन्छ; डेलिभरीको सुविधा छ र सर्तहरू लागु हुन्छन् (फोन गर्दा सोध्नुहोस्)। सांस्कृतिक पोसाक भाडाबारे पढ्नुहोस्।

कक्षाको समय र शुल्क कसरी बुझ्ने?

शनिबार बाहेक बिहान ५ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म। शनिबार नियमित कक्षा बन्द हुन्छ। शनिबार र आइतबार बिहान ८:०० देखि १०:०० सम्म स्पेशल प्याकेज कक्षा चल्छन्।

शुल्क: सोध्नुहोस् — ९८४१९७०७७१ मा फोन गर्नुहोस्।

सम्पर्क

कुरा गरौँ

Satungal-11 · Chandragiri

९८४१९७०७७१ मा फोन गर्नुहोस्